
साजिर मन्सूर
कलैया,भदौ २६
कलैया को सिम्बायोसिस +२ क्यामपसले बिद्यार्थी तथा शिक्षा बिधहरुलाई स्वागत सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसले अति छोटो समयमा यस भेगका अभिभावक तथा बिद्यार्थीको मन जितेको प्रमुख अतिथी कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले बताउनुभयो । आजको प्रतिस्पर्धात्मक शिक्षाको युगमा कलैयाका सबै सफल र योग्य युवाहरुको समूह द्वारा सन्चालित क्यामपसले शिक्षा बिकासमा धेरै राम्रो प्रभाव पारिरहेको यादबले बताए । यादबले सिम्बायोसिसले गर्दा गुणस्तरीय शिक्षाका लागि अब कुनै पनि अभिभावकले चिन्ता लिन नपर्ने र त्यसका लागि बाहिर आ-आफ्ना छोराछोरीलाई पठाउनु नपर्ने बताउनुभयो । क्याम्पसमा कलैयाका आ-आफ्नो क्षेत्रमा नाम कमाएका युवाहरुको लगानी भएकोले सबै जनाले त्यस्तै खालका शिक्षा दिन प्रतिबद्ध भएको कुमारी बैंकका क्षेत्रीय कर्जा अधिकृत अमित सरार्फले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्ट्रीय बाणिज्य बैंक कलैया शाखाका प्रबन्धक बिबेक श्रीवास्तवले आजको आवस्यकता भनेकै प्रतिस्पर्धामा आफुलाई अब्बल साबित गरि बजारमा आफू बिक्न सक्ने बनाउनु हो त्यसैले त्यो स्तरको अध्ययन गराउने काम सिम्बायोसिस ले गरिरहेकोमा आफुलाई खुशी लागेको बताए । उक्त अवसरमा क्याम्पस बाट अध्ययन गरेर बिदा भैसकेका बिद्यार्थीलाई बिदाई तथा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरिएको कुमारी बैंक बिरगंजका आशिष पौडेलले जानकारी गराए ।
क्यापसका निर्देशक जुनेद हवारीले क्याम्पसले धनी गरिब सबै बिद्यार्थी जो भोलि देश र जनताका लागि गर्ने आट राखेका छन उनिहरुलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिदै आएको बताए । क्याम्पसका प्रबन्धक सुरेन्द्र प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख बिजय अधिकारी,शिक्षक सेवा आयोगका पुर्व सदस्य जोगिन्द्र प्रसाद कुर्मी,नेपाल रास्ट्र बैंकका बिबेक साह, शहरी स्वास्थ प्रबर्द्धन केन्द्रका नागेन्द्र सरार्फ, नेरा माबी सिस्वामहेशपुरका प्रधानाध्यापक राधाकृष्ण यादब,नेरा निमाबी शितलपुर का प्रधानाध्यापक राजकिशोर सहबी,दुर्गा माबिका पवन यादब,एन एम बि बैंक कलैया शाखाका प्रमुख निरज कर्ण, एसियन लाईफ इन्स्योरेन्स कम्पनी सिमरौनगढ उप शाखा प्रमुख सियाराम गुप्ता,सिम्बायोसिसका पुर्व कार्यकारी निर्देशक नितेश गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।
प्रीन्सिपल सफिक अन्सारिले स्वागत गरेको कार्यक्रमको सन्चालन सन्जय केशरिले गरेका थिए ।