कलैया । बारा प्रहरी ले विभिन्न ठाउँमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ चकरी टोल, वडा नं. १८ लामी डाँडा टोल, फेटा गाउँपालिका वडा नं.३ स्थित संचालनमा रहेको २९ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको बारा का प्रहरी प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।

उक्त भट्टीबाट तयारी मदिरा २ हजार लिटर र कच्चा पदार्थ अ.६ हजार ५ सय लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका समानहरू समेत नष्ट गरिएको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर