
ब्रिजेश गिरी ,कलैया । बारा मा तीन वटा पसल एकैटक आगलागी हुँदा दुई लाख भन्दा बढी को क्षेति भएको छ । जिल्ला को माहागढीमाई नगरपालिका वडा नम्बर १ बरियापुर बजारमा ३ जनाको पसलमा अचाक बिजुलीको तार सर्ट हुदा ३ वटै पसलमा आगलागी भएको हो ।
आगलागी हुँदा दुई लाख २० हजार मुल्य बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।
आगलागी मा परि बिस्वनाथ कुसुवाहा को मोवाईल सेन्टर मा दुई थान ब्याट्री ईन्भटर , ५० हजार मुल्य को मोवाईल , एउटा ल्यापटप , एउटा बुफर पुर्ण रुपमा जलेर नष्ट भएको हो । त्यस्तै आगलागी मा परि जितेन्द्र कुश्वाहाको टि.भि.पसल मा २० हजार मुल्य बराबर को पंखा , ३५ हजार मुल्य को सात वटा टिभि , २० हजार मुल्य को दुई / दुई वटा LCD र LED जलेर नष्ट भएको हो । त्यस्तै गढिमाई केबल को कार्यालय मा आगलागी हुँदा एक लाख २० हजार मुल्य को मोटरसाइकल , १० हजार को टिभी , १० हजार को दिग मिटर जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो ।