कलैया । सिमराबाट काठमाडौँ तर्फ जान लागेको बुद्ध एयरको जहाजको टायर ‘फ्ल्याट’ भएको छ । बुद्ध एयरको जहाजको टायर शुक्रबार बिहान ‘फ्ल्याट’ भएको हो ।
सिमरा बिमानस्थल बाट ९:३० बजे को निर्धारित समयभन्दा करिब डेढ घन्टा ढिलो गरी काठमाडौं जान लागेको बुद्ध एयरको जहाजको ‘टायर फ्ल्याट’ भएको सिमरा बिमानस्थल का सूचना अधिकारी सुरेन्द्र कुशवाहाले बताउनु भयो ।
काठमाडौंबाट सिमरा आएकोको उक्त जहाज अवतरणपछि पार्किङ स्थल मा लैजादै गर्दा टायर फ्ल्याट भएको बिमास्थल ले जनाएको छ ।उक्त जहाजका यात्रुहरुलाई काठमाडौँबाट अर्को जहाज मगाई काठमाडौँतर्फ लगिएको छ भने टायर फ्ल्याट भएपछि काठमाडौँबाट इन्जिनियर लगी उक्त जहाज मर्मत गरिएको थियो ।