
कलैया ।पर्सा मा लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१६ वाईपास जय माँ वैष्णवदेवी मन्दिर अगाडि प्रहरी चौकी गणेशटोल तथा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकबाट आउने गाडीहरू नियमित जाँच गर्ने क्रममा बा.४ च १०२१ नम्बरको कारलाई रोकी जाँच गर्ने क्रममा लागु औषध बरामद गरेको हो । प्रहरी ले कार बाट विनसिरेक्स १०० एम एल को २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गरी पछाडि सिटमुनी राखिएको अवस्थामा फेला पारेको हो ।
उक्त कार मा सवार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने मा हेटौडा उपमहानगरपालिका वडा नं.३ बस्ने २६ वर्षका सुमन न्यौपाने र सोही ठाउँ का वर्ष २८ का रोशन लामा रहेकोे जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ । ऊनीहरु दुबै लाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।