रौतहट ।रौतहट मा आज वेवारिसे अवस्थामा शव फेला परेको छ ।

जिल्ला को राजदेवी नगरपालिका वडा नं. ४ स्थित बागमती खोलाको बगर पानीमा पहिचान नखुलेको अन्दाजी बर्ष ५५ को पुरूषको मृतक लाश सडीगली दुरगन्धित अवस्थामा पानीमा तैरीरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।

उक्त शव लाई पोष्ट मार्टमको लागी गौर अस्पतालमा लगिएको भए पनि लासको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट ले पहिचान गर्न सक्ने व्यक्तिहरुले कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर