कलैया । नेपाली कांग्रेसले बारा मा वडा अधिवेशन भोलि गर्ने भएको छ । क्रियाशील सदस्यता वितरण विवादले यसअघि बारा सहित १३ जिल्लामा वडा अधिवेशन हुन सकेको थिएन । बारा मा वडा अधिवेशन केन्द्र ले आज हुने निर्णय गरे पनि छठ पर्व ले गर्दा तयारी पुग्न नसकेको एक दिन ढिलो भएको र पार्टीमा सहमति अनुसार नै भोलि कात्तिक २८ गते हुने निर्वाचन अधिकृत राजन दाहालले बताउनु भयो ।
पर्सा मा पनि आज हुने वडा अधिवेशन स्थगित भएको छ । नेपाली काँग्रेस पर्सा भित्र परम्परागत गुट र खटपट कारण नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्तिक २७ गतेदेखि पर्सामा शुरु हुने गाउँरनगर वडा अधिवेशन स्थागित भएको हो ।
प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सासहित सुर्खेत, बाँके, कैलाली, डोल्पा र रसुवामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी रहेको थियो ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ ।