कलैया । आज लाग्ने चन्द्र ग्रहण नेपाली आकाशमा नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार आंशिकरूपमा लाग्ने र नेपाली आकाशमा नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख भएको छैन । नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि लाग्ने चन्द्र ग्रहण दिउँसाे ४ बजेर ३२ मिनेटसम्म देखिने छ ।
एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्र ग्रहण देखिने छ ।