कलैया । लामो रस्साकशी पछी नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रीसहित प्रदेश २ सरकारमा सहभागि भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो लाई उद्योग पर्यटन तथा वन मन्त्री र सांसद प्रमोद यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको मन्त्री तथा नेताहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर