कलैया । शान्ति सुव्यवस्था कायम राख्न बारा र पर्साका सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले निर्देशन दिनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा एक कार्यक्रमबीच बारा र पर्साका दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखलाई गृह सचिव पाण्डेले निर्देशन दिएका हुन् ।
जनताको शान्ति सुरक्षा कायम गर्न कुनै कसूर बाँकी नराख्न साथै जनताको सुरक्षा गर्नु सुरक्षा निकायको मूल कर्तव्य भएकाले आफ्नो कर्तव्य पूरा गर्न सबै सुरक्षा निकाय एकजुट भई लाग्नुपर्ने गृह सचिव पाण्डेले बताउनु भयो । उनले वीरगञ्ज मूल भन्सार कार्यालयअन्तर्गतको आइसीपी परिसरमा स्थापना गरिएको मानवीय कार्यस्थल कक्षको उद्घाटन समेत गरेका छन् ।