कलैया । नेकपा (एकीकृत समाजावादी) निकटको समाजवादी प्रेस संगठन नेपालको बारा जिल्ला भेला आज कलैयामा सम्पन्न भएको छ ।

उक्त भेलाले अजय साहको अध्यक्षतमा २५ सदस्यीय बारा जिल्ला कमिटी गठन गरेको छ। अध्यक्ष साह नेपाल पत्रकार महासंघ बाराको कार्यसमिति सदस्यमा एक कार्यकाल निर्वाचित भएका थिए ।

उनी तत्कालिन प्रेस संगठन नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रेस चौतारी बाराका सचिव थिए । कलैयाबाट प्रकाशित हुने पदमोदय दैनिकका प्रकाशक समेत रहेका अध्यक्ष साह राजधानी दैनिक र एभीन्यूज टेलिभिजनका बारा सम्बादाता हुन् ।

संगठनको उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, कोषाध्यक्षमा सावित्री शर्मा रहेका छन् । यसैगरी सदस्यमा अरुण मेहता, विनोद उप्रेती, रवि कुशवाहा, आफरोज अंसारी, भरत घिमिरे, विशेष गौतम, पवन विक, निरजकुमार गुप्ता, रामविनय साह, श्यामल गिरी, बिजय कुमार लगायतका रहेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर