साजिर मन्सूर
कलैया,पौष ६
कलैया उपमहानगरपालिका वदा नम्बर ४ का अध्यक्ष जट्टाशन्कर सहनिले आफ्नो वडाको सम्पुर्ण जनताको माग बमोजिम स्वास्थ्य सेवालाई ध्यानमा राख्दै निशुल्क रुपमा चिनी रोग,हाई ब्लड प्रेसर,प्रशुती भएका महिलाका लागि क्याल्सियमको औसधिको साथै हरेक महिला दिदिबहिनिको लागि सेनेटरी प्याड निशुल्क बितरण गर्ने बताएका छन । वडा अध्यक्ष स्वास्थ योजना अन्तरगत अब देखि प्रत्येक महिना आधारभुत स्वास्थ्य चौकी बाट उल्लेखित औसधि र सेनेटरी प्याड निशुल्क बितरण गर्ने बताउदै वडा अध्यक्ष सहनिले सो का लागि वडाको सम्पुर्ण जनतालाई आ आफ्नो पहिचान खुल्ने प्रमाण सहित वडाको आधारभुत स्वास्थ्य चौकिमा गएर आ आफ्नो नाम दर्ता गराउन समेत आग्रह गरेका छन । आफू जनताको सेवक भएको भन्दै वडाको अधिकान्स ज्येष्ठ नागरिकहरुले दैनिक खाने दीर्घ रोगका औषधिका लागि ब्यवस्थापन गर्न आफुलाई अर्डर दिएकाले वहाहरुको चाहना बमोजिम आफुले सो गर्न लागेको बताएका छन । यस्तै महिलाहरुका लागि निशुल्क रुपमा सेनेटरि प्याड बितरण गर्न महिला दिदिबहिनी हरुले भनेपछी सो गर्न लागेको बताए । सहनिले सरकारले सबैतिर निशुल्क रुपमा सेनेटरि प्याड बितरण गर्नुपर्ने भएपनी त्यसो नगर्नु मा आफुलाई अचम्म लागेको बताए । मौजका लागि चाहिने कन्डम लाई निशुल्क बितरण गर्ने सरकारले बाध्यता रहेको हाम्रा दिदिबहिनिहरुको लागि सेनेटरी प्याड बितरण नगर्नु न्यायोचित नभएको वडा अध्यक्ष सहनिले बताए ।
सहनिले निशुल्क रुपमा उल्लेखित योजना सार्वजनिक गरे बितिकै वडामा खुशियाली छाएको वडा नम्बर ४ का समाजसेवी एवम जिल्ला जनस्वास्थ्यका कार्यालय बाराका पुर्व ल्याब अधिकृत राजदेव प्रसाद साहले बताए । साहले आफू स्वास्थ्य सेवा छेत्रबाट भएकोले पनि यस्ता औषधि को लागि गरिब जनताले भोगेको दुख आफुलाई थाहा भएको र यो योजनाले ती सबै नागरिक लाभान्वित बन्ने बताउदै यस्तो कार्यको लागि अध्यक्ष सहित सम्पुर्ण वडा समितिलाई धन्यवाद दिए ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702