
साजिर मन्सूर
कलैया,पौष १०
नेकपा एकीकृत समाजबादी पार्टी को कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा १७ सदस्यीय वडा कमिटी चयन गरिएको छ । गठित समितिको अध्यक्षमा अहमद अन्सारी,उपाध्यक्षमा जितेन्द्र साह,सचिव दिपेन्द्र प्रसाद साह,सह सचिव कमरुल हक अन्सारी,कोषाध्यक्ष रेखा देबि साह,सदस्यहरुमा लक्ष्मी शर्मा,समिम अन्सारी,सन्दिप यादब,धिरज यादब,रामु साह,फौद मिया,सुगन्धी देबि,महजरी राम,सल्मा खातुन,फात्मा खातुन,गिता देबि यादब र नगिया देबि रहेको कार्यक्रम को अध्यक्षता समेत गरेका जिल्ला कमिटि सदस्य बिरेन्द्र साहले बताएका छन । पार्टीका केन्द्रिय सदस्य श्रीप्रसाद पास्वानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश कमिटी सदस्य सुरेश मोदक,जिल्ला सचिव बिक्रम ठाकुर,पार्टी उप सचिव ध्रुब यादब,जिल्ला सदस्य राजु यादब,युवा संघका कलैया अध्यक्ष हरिओम गुप्ता,फौद मिया,युवा संघ कोषाध्यक्ष महमद तारिफ,युवा संघ स्थायी कमिटी सदस्य राजेश पटेल,बिद्यार्थीको केन्द्रिय सचिव ईमरान आलम लगायतकाको उपस्थिति रहेको थियो ।