
कलैया । कोभीड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै वीरगञ्जमा थप कडाई गरिएको छ ।
वीरगञ्जमा मास्क नलगाईं हिँड्नमा प्रतिबन्ध लगाइएको छ । केहि दिन अघि जिल्ला प्रशासन कार्यालय पर्सा सहित को टोली ले मास्क बितरण अभियान चलाएको थियो । प्रहरीले अब मास्कलाई अनिवार्य गर्दै नलगाउने संग जरिवाना लिन सुरु गरेको छ ।
बढ्दो कोरोना संक्रमणको दरले अवस्था थप संवेदनशील बनाउँन लागेपछि सार्वजनिकस्थल र बजारमा आजदेखि मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
हालसम्म १ सयभन्दा बढी व्यक्तिसँग मास्क नलगाएको कारण सय रुपैयाँको दरले जरिवाना तिराइएको प्रहरीले जनाएको छ ।