कलैया । पर्सा प्रहरीले भन्सार छलीको सामान सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका -२ बस्ने ३२ वर्षका रौफ आलम रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलिले वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित माईस्थान सडकखण्डमा प्र.२-०३-००१ ख ३६८९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा भन्सार छली गरी भारत बाट ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।
प्रहरीले वरामद गरेको सामान लाई ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।
पक्राउ परेका आलम लाई राजश्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।