
कलैया । सर्लाहीमा उखु बोकेको ट्याक्टरमा रात्री बस ठोक्किँएर दुर्घटना भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर छ । गम्भीर घाइते दुई जनालाई थप उपचारको लागि वीरगन्ज ल्याइएको छ भने अन्य घाइतेको हरिवनमा नै उपचार भइरहेको छ ।
गए राती भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस सर्लाहीको हरिवन-९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रब्क्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
बस चालक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार छन्। उक्त घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।