
कलैया । पचरौता नगरपालिका को आठौं हिउँदे नगर सभा सम्पन्न भएको छ । शुक्रवार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगर सभा सम्पन्न भएको हो ।
उक्त अवसरमा नगर प्रमुख रमेश कुमार यादवले नगरपालिकाले गरेको विभिन्न काम,कार्वाहीको बारे प्रस्तुत गर्नु भएको थियो । उनले प्रस्तुत गर्दै शिक्षा सबैभन्दा महत्त्वपूर्ण भन्दै दुई वटा मात्र सामुदायिक बिधालय रहेकोमा अहिले ४ वटा माध्यमिक बिधालय सन्चालनमा रहेको जनाएका छन् ।
नगर प्रमुख यादवले नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा सिसि क्यामेरा जडान ,प्रत्येक गरीब, दलित छात्र छात्रालाई ५ लाख छात्रवृत्ति बितरण , नौं कक्षामा अध्यनरत छात्राहरुलाई साईकल बितरण, बाजोपटि गुलरिया पकडिया बलधुसवा कुडवामा कम्पाउण्ड निर्माण , नगरपालिका का सम्पुर्ण बिधालय मा अध्यनरत १ देखि ३ सम्मका विद्यार्थी लाई स्विटर बितरण गरिएको जनाएका छन् ।
त्यस्तै उनले चार वटा बर्थीङ सेन्टर , तीन वटा स्वास्थ्य चौकी , दुई वटा वडामा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न गरि सन्चालनमा ल्याएको र पालिकामा १५ सैयाको नगर आस्पतालको भवन निर्माण भइरहेको भन्दै आफुहरु स्वास्थ्य सेवामा निकै सवेदनशिल भएको बताएका छन् । नगरपालिकामा हाल सम्म ४ किलोमीटर कालोपत्रे, १० किलोमिटर पक्की सडक ढलान,२० किलोमिटर ग्रेभल सडक निर्माण भएको छ ।
नगर प्रमुख यादवले सम्बोधनमा कर्मचारी लाई समयमा काम गर्न हेटुले डिजिटल हाजिरी समेत सन्चालनमा ल्याइएको बताए । साथै उनले नगरपालिका लाई शान्त नगर बनाउने उद्देश ले सुरक्षाको लागि बाटो मा पनि सिसि क्यामेरा जडान गरिएको बताए । यी सहित उनले विभिन्न विषयमा नगरपालिकाले गरेको कामको बारेमा स्पष्ट पार्नु भएको थियो ।
शुक्रवार भएको उक्त नगर सभामा निमित्त प्रमुख प्रसाकिय अधिकृत श्याम प्रसाद यादव, नगर स्वास्थ्य संयोजक नवल यादव, वडा अध्यक्षहरु मनोज यादव, गौरी शंकर साह , सर्बजित राय यादव, कन्हैया यादव, मधु देबि कलवारीन, वडा सदस्य , नगरपालिका का कर्मचारी, सहित विभिन्न सन्चारगृहका सन्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगर शिक्षा संयोजक प्रमोद प्रसाद यादवले गरेका थिए ।