कलैया । जनमत पार्टीको आन्दोलनको कारण पूर्व-पश्चिम् राजमार्ग बन्द भएको छ । किसानलाई सहजरुपमा मल उपलब्ध गराउनुपर्ने,सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे मागसहित जनमत पार्टीका नेता कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन ।

राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व-पश्चिम जाने आउने लामो दूरीका गाडी पनि चल्न सकेको छैन । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, माग राखेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर