
कलैया । सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर ८ का २५ वर्षिय रामु महतो रहेकोे प्रहरीले जनाएको छ । बागमती नगरपालिकाको वडा नम्बर २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर सिकिस्त भएका उनलाई स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए । करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागे पछी ऊनी घाइते भएका छन् ।उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।