कलैया । बारामा रहेको दलित बस्तीमा शहरी विकास मन्त्री रामकुमारी झाँक्री सहितको टोलिले अनुगमन गरेको छ । कलैया उपमहानगरपालिकाको २१ र २२को दलित बस्तीमा प्रतिनीधि सभा सदस्य रामबाबु कुमार यादवले अनुगमन गराएका हुन । उनले आफ्नो क्षेत्रका दलित बस्तीमा बसोबास गर्ने दलित समुदायको आवास निर्माण गर्ने लक्ष्यअनुरुप मन्त्री झाँक्रीलाई दलित समुदायको दयनीय अवस्थाबारे अवगत गराएका हुन् । 

मन्त्री को अनुगमन पश्चात् जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका यादवको लामो समयदेखिको अथक प्रयासका कारण अब त्यस क्षेत्रका दुसाद, धाँगड, मेस्तर, डोम समुदायले पक्की घर निर्माण हुने जानकारी दिएका छन् । 

उनले न्युन आर्थिक अवस्थाबाट गुज्रिएका र कच्ची घरमा बस्दा घाम पानीसहित अन्य जोखिमहरुका बिच बाँचीरहेका दलित समुदायले अब आरामसँग पक्की घरमा बस्न पाउने बताए । एकीकृत बस्ती निर्माण गर्ने योजनाअनुरुप सो क्षेत्रका करिब २ सय जना अल्प संख्यक समुदायको घर निर्माण हुने सांसद यादवले जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर