रौतहट । रौतहटमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्गा भगवती गाँउपालिका वडा नम्बर २ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते पश्चात् उनलाईजिल्ला अस्पताल गौरमा लगिएको थियो । त्यहा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर