कलैया । जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वृक्षरोपण गर्न विनियोजित रकम विरूवासमेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदनको आधारमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बाराले आ.ब. २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ न.पा.स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार हिनामिना गरेको पुष्टि भएको अख्तियार का सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
भ्रष्टाचार भएको पुष्टि भए संगै जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ नगरपालिका -११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध जनही ३ लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको साहयक प्रब्क्ता भण्डारीले जानकारी दिएका छन् ।