
कलैया । सामाजिक सुरक्षाको अवस्था बारे कलैया उपमहानगरपालिकामा सर्वेक्षण गरिएको प्रतिवेदन सार्वजनिक गरिएको छ । सामाजिक सुरक्षा प्रणाली कार्यक्रम अन्तर्गत कलैया उपमहानगरपालिका मा रहेकोे २७ वटा वडाका चार सय दुई जनासंग सामाजिक सुरक्षाको अवस्था त्यस्तै ऊनीहरुले प्राप्त गरेको सुबिधा, भत्ता पाउने सहजता तथा समस्या लगायतका प्रश्नावलीबाट सर्वेक्षण गरिएको थियो ।
उक्त सर्वेक्षण गरिएको प्रतिवेदन टिम लिडर नुतन शर्माले कलैया उपमहानगरपालिका का उपप्रमुख रहिमा खातुन र प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई हस्तान्तरण गर्नु भएको हो । उक्त सर्वेक्षणबाट कलैया उपमहानगरपालिकाको वडा कार्यालयको कर्मचारहरुको ढिला सुस्ती, हेरचकराई र सामाजिक सुरक्षाको काम प्राथमिकतामा नराखेर काम गरेकोले समयमा भुत्ता नपाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
सर्वेक्षणबाट सामाजिक सुरक्षा अन्तगतका लक्षित बर्गहरुले कलैया उपमहानगपालिकाबाट प्राप्त हुने भत्ताहरु बैंक मार्फत बितरम गर्दा निकै असहज भएको प्रतिवेदनमा उल्लेख भएको छ ।
उक्त प्रतिवेदनमा देखिएको समस्याहरु समाधानको लागि पहल गर्ने उपप्रमुख खातुनले प्रतिवद्घता गर्नु भएको हो । त्यस्तै प्रतिवेदनमा उल्लेख गरिएको समस्या तथा लक्ष्ति बर्गहरुबाट प्राप्त सुझावहरुलाई सामाधानको लागि पालिकाको तर्फबाट पहल गरिने प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।
उक्त कार्यक्रममा सामाजिक सुरक्षा नागरिक संजालका उपाध्यक्ष डोलमा तमा, जिल्ला प्रहरीका भरत अधिकारी, कलैया उपमहानगरपालिकाको सामाजिक बिकास तथा पंजिकरण शाखा प्रमुख तपसि प्रसाद चौरसिया, महिला बालबालिका तथा जेष्ठनागरिक शाखाकी आसमा खातुन, ट्रेड युनियन बाराका अध्यक्ष बिश्वमणी शर्मा, महिला संजालकी अध्यक्ष बबिता जयसवाल, ब्लु हेबनकि रोशनी थापा, अपा संघका गोदावरी साह, लगातकाले प्रतिवेदन माथि टिपनी गर्नु भएको थियो ।
वि सोशियल मोमेनटको सहयोग, सिविस तथा सामाजिक सुरक्षा नागरिक संजालको समन्वय, कलैया उपमहानगरपालिकाको सहकार्य र संरक्षण नेपालको आयोजनामा कार्यक्रम संचालन गरिएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य बृजमोहन कुशवाहाले गरेका थिए । उक्त कार्यक्रममा सामाजिक सुरक्षा प्रणाली र बिभिन्न लक्ष्ति बर्गका ३५ जनाको सहभागिता रहेको संस्थाका कृष्ण प्रसाद यादवले बताए । कार्यक्रमको संचालन मुकेश कुशवाहाले गर्नु भएको थियो ।