कलैया । बाराको सुवर्ण गाउँपालिकाले आफ्नो स्थानीय तहमा रहेका मृगौला पीडित लाई आर्थिक सहयोग गरेको छ । सुवर्ण गाउँपालिका वडा नम्बर ५ बस्ने आशमहमदका छोरा अमिन मियाँको दुबै मृगौला खराब भएकोले गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।

गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तव ले संयुक्त रुपमा १ लाख ५० हजारको आर्थिक सहयोग गरेका हुन । गाउँपालिकाको प्राङ्गणमा अमिन मियाँको परिवार जनलाई चेक हस्तान्तरण गरिएको हो । मियाँको दुबै मृगौला काम नगरेको र आर्थिक अवस्था नाजुक रहेकोले उपचारमा सकस भएको भन्दै गाउँपालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष यादवले बिश्वास एफ एम लाई जानकारी दिएका छन् ।

उनको परिवारजन का अनुसार दुवै मृगौलाले काम गर्न छोडेको र उपचारको क्रममा पैसा समेत नरहेको र उपचार समे गराउन सम्भव नभएको परिवारजनले जानकारी दिएको छ । गाउँपालिकाले रकम उपलब्ध गराए पछी उपचारमा टेवा पुग्ने पीडित का पिता ले बताएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर