
काठमाडौँ । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका-३ सिन्धुली घर भई काठमाडौंको न्यूरोड बस्ने २२ वर्षीय रोहित विक रहेका छन् । उनीमाथि गत मंगलबार बालिकालाई बलात्कार गरेको आरोप छ । विक लाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।