कलैया । नेपाली कांग्रेस बाराको सभापति चयनका लागि मतदान सम्पन्न भएको छ । केहि बेर अघि मात्र मतदान सम्पन्न भएको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको ३ चन्द्र माध्यमिक बिधालय मा आज बिहान ८ बजे देखि भएको मतदान बेलुका ५ बजे देखि बेलुका ५:३० बजे सम्म मतदान भएको हो । मतदानमा २४०८ मत खसेको मुख्य निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् । क्षेत्र नम्बर एक मा ६३२ , क्षेत्र नम्बर दुई मा ६८४, क्षेत्र नम्बर तीन मा ५८७, क्षेत्र नम्बर चारमा ५०५ गरि २४०८ मत खसेको हो । मतगणना आजै राति ८ बजे देखि हुने उनले बताए ।

शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने राजेश राय यादव र शम्भु बुढाथोकी बीच दोस्रो चरणको मतदान आज भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर