कलैया । लामो दुरि देखि छोटो दुरि को सवारी साधन चल्ने कलैया-पिलुवा सडक खण्ड मा दैनिक दुर्घटना बढ्दो छ । उक्त सडक खण्डमा देश को राजधानी काठमाडौ र प्रदेश को राजधानी जनकपुर सम्म मात्र नभई पुर्व पश्चिम राजमार्ग जोड्ने यो सडक खण्ड भएकोले सवारी चाप निकै धेरै हुन्छ ।

जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन । उक्त सडक खण्ड मा दैनिक जसो साना देखि ठूलो दुर्घटना हुने गरेको छ ।

यो हप्ता को मात्र तथ्यांक हेर्ने हो भने दुर्घटना साना देखि ठुलो भएको छ । चैत १ गते मंगलवार उक्त सडक खण्डको झिटकैयामा टिपरको ठक्करबाट मोटरसाइकल चालक को मृत्यु भयो । सोही मोटरसाइकल मा सवार एक महिला घाइते भएकी छन ।

चैत २ गते बुधबार बडहर्वा चोकमा दुई मोटरसाइकल एकआपसमा ठोकिदा ३ जना घाइते भएका थिए । चैत ३ गते बिहिवार मात्र मोटरसाइकल ले बाटो काट्दै गरेका एक बालक लाई ठक्कर दिदा त्यि बालक मृत्यु को सिकार हुन पुगे । उनी जम्मा ४ वर्ष का थिए । आज चैत ४ गते शुक्रवार फेरि कलैया-पिलुवा सडकखण्ड अन्तरगत शंकर चोक नजिकै मोटरसाइकल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन् । यी त हाम्रो जानकारी मा आएको घटना हो उक्त सडक खण्डमा दैनिक जसो दुर्घटना भैरहेको छ । कहिले टिपर त कहिले मोटरसाइकल , कहिले बस आदि ले दुर्घटनाको समाचार हामीले सुन्ने दैनिकि जस्तो भएको छ । यसले सरकार लाई किन नदुखेको भन्ने प्रश्न समेत उठेको छ ?

यता उक्त सडक खण्डमा एक स्थानीय प्रेम यादव संग बुझ्न खोज्दा उनले यो सडकमा दुर्घटना को मुख्य कारण भनेको सवारी साधन को ओभर स्पिद र ट्राफिक को शन्यू उपस्थिति रहेको बताए ।

उक्त सडक खण्डमा चेक पोस्ट नभएको र एउटा बडहर्वामा मात्र रहेको चेकपोस्ट मा ट्राफिक ले चेक जाँच नगरेको पाइएको छ । चेक गरिहाले पनि राती राती मात्र गर्ने गरेको पाइएको छ । उक्त सडक खण्डमा न कुनै ट्राफिक नै बस्छन , न त कुनै प्रहरी नै अनि सवारी साधनका चालकले बिना लाइसेन्स कुदाइरहेका छन् । जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , जिल्ला ट्राफिक प्रहरी कार्यालय , प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया को ध्यानाकर्षण को आवश्यक देखिन्छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर