साजिर मन्सूर
कलैया,बैशाख ७

कलेैया उपमहानगरपालिका वडा नम्बर १७ को सहयोग तथा नेपाल कपडा तथा सिलाइ वेवसाइट को आयोजना चलिरहेको सिलाई कटाई तालिम सम्पन्न भएको छ । वडाको ब्रहम्पुरी टोलमा वडाका २० जना महिलाहरुलाई सो तालिम दिइएको आयोजक सन्स्थाका अध्यक्ष रहम मन्सूरले जानकारी गराए । वडा अध्यक्ष सुगन्ध महतो कोईरीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र दिदै कोईरिले तालिम मा सिकेका शिपलाई प्रयोगमा ल्याउन आग्रह गरेका छन । तालिममा सोही टोलको प्रशिक्षक रन्जु कुश्वाहाले सहभागिहरुलाई सिलाई कटाई बारे तालिम दिएकी थिईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर