साजिर मन्सूर
कलैया,जेष्ठ २४

प्याक्ट नेपालले स्वास्थ्य छेत्रमा समाजिक जवाफदेहीताको अभ्यास प्रयास र प्रवर्द्धनमा स्थानिय सरकारको भुमिका बिषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ । कलैया उपमहानगरपालिकाको सभा हलमा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु सङ्ग सो गोष्ठी सम्पन्न भएको हो । खासगरी जनप्रतिनिधिहरुको स्वास्थ्य छेत्रमा समाजिक जबाफदेहिताका अभ्यास प्रयास र भुमिका का बारेमा चर्चा गरिएको थियो ।

परियोजनाको मुख्य उदेश्य संघीयताको बिकास क्रमले स्वास्थ र सो भन्दा बाहेकका छेत्रको समाजिक जवाफदेहीता प्रबर्द्धनमा देखाएका सम्भावनाका का रुपमा राजनितीक प्रभाव बारे खोजी गर्ने रहेको प्याकट नेपालका प्राबिधिक सल्लाहकार दुर्लभ बोगटीले जानकारी गराएका छन ।
यस परियोजनाले समाजिक जबाफदेहिता सन्दर्भमा काम गर्दै आएको बोगटिले जनाएका छन । संघीयताको बिकास क्रमले स्वास्थ्य छेत्रमा समाजिक जवाफदेहिता भए नभएको अध्ययन गर्ने यश परियोजनाको काम भएको र अब अर्थ राज्य विश्लेषण सम्बन्धि अध्ययन अनुसन्धान भैरहेको बताइएको छ । चालू अध्ययनले देशभरका ७ प्रदेश १३ जिल्ला र २१ पालिकामा गरेको सुचना दाता सङ्ग अन्तरवार्ता गरेर सबै देशभरका लागि प्रतिबिम्बित गरेको बोगटीले जनाएका छन ।

परियोजनाले गरेको अध्ययनका अवसरमा संघीय सरकार,प्रदेश सरकारका निकाय,स्थानिय सरकारका निर्वाचित जनप्रतिनिधि,कर्मचारी,बिषयगत समिती,जिसस पदाधिकारी,स्वास्थ्य कार्यालय,सन्चार छेत्र,गैसस,स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था ब्यवस्थापन समिती,सवयसेविका,लगायत स्थानिय सुशासन अभियानकर्ताहरु सङ्ग अन्तरवार्ता गरिएको प्याक्ट नेपाल बाराका प्रेम साहले जानकारी गराए । सो अध्ययन २०२१ को अगस्ट देखि नोभेम्बर सम्म गरिएको सो अवसरमा जनाईएको छ ।
कलैया उपमहानगरपालिकाको उप प्रमुख रौशन प्रविणको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाको २७ वटै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू,निमित प्रमुख प्रशासकिय अधिकृत एवम शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख प्रल्हाद बर्णवाल,बाताबरण शाखा प्रमुख रामजी मण्डल,कलैया उपमहानगरपालिकाका स्थानिय शासन बिज्ञ नजबुल्लाह अन्सारी,सुचना प्रबिधि अधिकृत सुरेश यादब,लेखा शाखाका किरण अधिकारी,एनजीओ फेडेरेशन बाराका अध्यक्ष शम्भु प्रसाद चौधरी,नागरिक समाजका अगुवा,समाजसेवी,सन्चारकर्मी,गैरसरकारी संस्थाका प्रतिनिधि र महिला अधिकारकर्मिहरुको सहभागिता रहेको थियो ।प्याक्ट नेपालका प्राबिधिक सल्लाहकार बोगटीले अन्तरक्रियाको सहजीकरण गरेका थिए । बेलायत सरकारको आर्थिक सहयोग एवम प्याक्ट नेपालको आयोजनामा कार्यक्रम सन्चालनमा रहेको छ । सोही अवसरमा बोगटीले उपमहानगरलाई सहयोगका लागि धन्यवाद र आगामी समयमा आवस्यक सहकार्यका लागि अपेक्षा सहितको धन्यवाद पत्र निमित प्रमुख प्रशासकिय अधिकृत बर्णवाललाई हस्तान्तरण गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर