साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २० मा रहेको श्री नेरा मा बी बसतपुरमा दिवा खाजामा खुवाईने खाजामा प्रयोग हुने चना एक दमै सडेको भेटिएपछी मेयर बिनोद साह आक्रोशित भएका छन ।

मेयर साहले बिधालयमा छड्के गर्न पुग्दा सडेको गन्हाईरहेको चना भेटिएपछि बिधालय प्रशासन माथी खनिएको र आवस्यक कार्वाहिका लागि निर्देशन दिएका छन । बिधालयका प्रधानाध्यापक राम उदार साहले किनेको चना एकदमै सडेको अखाद्य चना किनेर आर्थिक भ्रस्टाचार गर्नुको साथै स साना बिद्यार्थीहरुको जीवन सङ्ग खेलवाड गरिरहेको मेयर साहले बताएका छन ।

मेयर साहले प्रधानाध्यापकलाई खाद्य एन २०२३ अनुसार कार्वाहीका लागि प्रक्रिया चाल्न शिक्षा शाखालाई निर्देशन दिएको र सो सडेको चनाको गुणस्तर चेक गर्न गुणस्तर तथा नापतौल बिभागलाई सेम्पल पठाईएको बताए ।
साहले उपमहानगरको सारा बिधालयमा आफू दैनिक छड्के गरिरहेको बताउदै कोहि कसैलाई शिक्षामा कुनै प्रकारको कमि कमजोरी सहन नगर्ने प्रतिबद्धता जनाएका छन । कक्षा १ देखि ५ सम्मका करिब ३ सय स साना बिद्यार्थीलाई प्रधानाध्यापक सडेको चना खुवाईनु एकदम गलत र गैर जिम्मेवार कदम रहेको पुर्व वडा अध्यक्ष महमद ईमामुदिन मिया ठकुराईले बताएका छन ।

यता प्रधानाध्यापक राम उदार साहले एकै पटक चार बोरा चना किनेकाले आफुले सडेको थाहा नभएको प्रतिक्रिया दिएका छन । प्रधानाध्यापकले आफुसङ्ग गल्ती भएको स्विकार गर्दै अब बाट यस्तो गल्ती नगर्ने बताएका छन । यता बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले देशका कर्णधार ससाना बिद्यार्थीको जीवन सङ्ग खेलवाड गर्ने जोकोहिलाई कडा कानुनी कार्वाही गर्ने बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर