साजिर मन्सूर
कलैया,असोज २६
नेपाली काङ्ग्रेस बाराका सभापति राजेश यादवले सता गठबन्धन लाई भारी मतले बिजयी गराउन आम जनता र काङ्ग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन । देशमा काङ्ग्रेस नेतृत्वको स्थायी सरकार कायम गर्न सता साझेदार दललाई बढिभन्दा बढी भन्दा मतका साथ बिजयी गराउन आम जनता सङ्ग आग्रह गरेका हुन ।
काङ्ग्रेस सम्मीलित सता गठबन्धन पार्टीलाई मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अत्यधिक मतले बिजयी गराउन सबै बाराली काङ्रेसी सङ्ग आग्रह समेत गरेका छन । टिकट लिने पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा सकिएको र अब चुनावमा सबै एक ढिक्का भएर आम जनता र मतदाताको मा जान सबै सङ्ग आग्रह गरेक छन । जिल्ला सभापती यादवले केही काङ्ग्रेसका साथिहरु बागी उम्मेदवारी दिएको सन्दर्भमा वहाहरुलाई सभापति ज्युले नाम फिर्ता लिन आग्रह गरेको तर समय अभावका कारण नाम फिर्ता नगरेका साथिहरुलाई सहमतिमा निष्क्रिय गराउने बिषयमा वहा गम्भीर भएर लागेको काङ्ग्रेस बारा छेत्र नम्बर २ का सभापति राम प्रवेश यादवले जनाएका छन । बागी बनेर नाम फिर्ता नगर्ने र निष्क्रिय समेत नहुने नेताका बिषयमा जिल्ला कार्यसमिति बैठकबाट आवस्यक कदम चालिने समेत सभापति यादवले बताएका छन ।
नेपाली काङ्ग्रेस बारा मा लामो समय देखि सभापति र पदाधिकारी पक्षधर बिच रहि आएको बिवाद आज कलैया स्तिथ पार्टी कार्यालय मा बसेर पार्टी लाई एक ढिका कसरी लग्ने भन्ने बिसयमा छलफल भएको जिल्ला सचिव राजेश रौनियारले जनाएका छन । छलफल मा नेपाली काङ्ग्रेस बारा का जिल्ला सभापति राजेश राय यादव, उप सभापति अमिरी लाल पाल, जिल्ला सचीव रौनियार , प्रदेश क्षेत्र नम्बर ४ ख को सभापति लुकेश सिंह लगायत का नेता हरु बसेर पार्टी का अरु पनि साथी हरु लाई समेटेर अघि बढने सहमति भएको हो । येसै क्रममा गठबन्धन का उम्मेदवार हरु लाई निर्वाचित गराउन २८ गते शुक्रबार कलैया स्तिथ पार्टी कार्यालय मा बिहान ११ बजे नेपाली काङ्ग्रेस बारा को जिल्ला कार्यसमिति को बैठक डाकिएको सचिव रौनियारले जनाएका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702