साजिर मन्सूर
कलैया,मङ्सिर १९

“सीप सिकौ स्वरोजगार बनौ,समृद्ध नेपालको बिकास गरौ” भन्ने नारा सहित गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम मेडपा अन्तरगत १ दिने अभिमुखिकरण तथा सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखिकरणमा कलैया उपमहानगरपालिका वडा नम्बर १ को ४० जना गरिब बिपन्न तथा पछाडी परेका बर्गका महिला पुरुषहरुलाई स्वरोजगारमुलक सीप प्रदान गरि आर्थिक रुपमा सबल बनाउने योजना रहेको मेडपा कलैया उपमहानगरको उधम बिकास सहजकर्ता आशिष चौधरीले जनाए । सहभागीहरुलाई उधम बिकास सहजकर्ता द्वय आशिष् चौधरी र सपना अयडिले सहजीकरण गरेका थिए ।
कलैया उपमहानगरपालिकाको वडा नम्बर १ को अध्यक्ष मोहन बहादुर छेत्रीको अध्यक्षता एवम नगर उप प्रमुख रौशन प्रवीणको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा शाखाका रोशन अधिकारी,राजस्व शाखाका तैयब अन्सारी लगायतकाको उपस्थिति रहेको थियो ।
नेपाल सरकार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सिंह दरबार काठमाडौको सहयोग तथा कलैया उपमहानगरपालिकाको आयोजनमा अभिमुखिकरण सम्पन्न भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर