साजिर मन्सूर
कलैया,फाल्गुन २०
श्री गढ्ढीमाई धार्मिक महोत्सवको आज आय ब्यय सार्वजनिकरण गरिएको छ । नेपाली कांग्रेस मधेश प्रदेशका लोकप्रिय युवा नेता एवंम महागढ्ढीमाई नगर प्रमुख तथा श्री गढ्ढीमाई धार्मिक महोत्सवको अध्यक्ष उपेन्द्र यादवले ऐतिहासिक श्रीमद भागवत सप्ताह यज्ञ तथा श्री गढ्ढीमाई धार्मिक महोत्सव बाट नगद, चन्दा, तुलादान तथा भुमीदान मार्फत औपचारिक रूपमा ३ करोड त्रीचालिस लाख नगद र २५ कठा जग्गा आमदानी भएको सार्वजनिक गरेका छन । यादवले यो एतिहासिक सहयोगका लागि संबंधित सबैमा धन्यबाद ब्यक्त गरेका छन । सोही अवसरमा बाराका प्रमुख
जिल्ला अधिकारी नवराज सापकोटा ले आफुले तराईमा पहिलो पटक धार्मिक महोत्सवबाट यती चन्दा उठाएर शिक्षा जस्तो क्षेत्रको बिकास योजना हुनु निकै गौरवको रहेको भन्दै नगर प्रमुख उपेन्द्र यादवको प्रसंसा गरेका छन ।उक्त अवसरमा पुर्व मन्त्री एवंम जसपा संसदीय दलको नेता तथा बारा क्षेत्र न – २ का सासंद माननीय रामसहाय यादवले सम्पुर्ण राजनैतिक दलहरू एकै ठाउँमा जम्मा भएर एकताको संदेश दिदै उच्च मनोबलका साथ सक्दो सहयोग गरी बिशाल कार्यलाई पुर्णता दिएकोमा आमजनसमुदायलाई धन्यवाद दिँदै मेयर उपेन्द्र यादवको प्रसंसा गरे ।नगर प्रमुख यादवले श्री गढ्ढीमाई बहुमुखी क्याम्पसको जग्गा खरिद तथा निर्माणका लागी यस महाअभियानलाई सफल बनाउन सहयोग गर्ने तथा एकैबध्ता गरेको सम्पुर्ण जनसमुदायलाई हृदयदेखि धन्यवाद दिँदै आउदो बैशाख मसान्त भित्रै श्री गढ्ढीमाई बहुमुखी क्याम्पसको जग्गा खरिद गरी भवन निर्माणको सिलान्यास गरी शिक्षाप्रेमीहरुको सपना सकार गरिने जानकारी गराएका छन । कार्यक्रममा सबै उपसमितिहरुको पदाधिकारीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।