बाराको बरियारपूरस्थित विश्व प्रसिद्ध गढीमाई मनिदिरमा दर्शन गर्न आएका दर्शनार्थी भक्तजनहरुको सुनको सिक्री चोर्ने पर्साका ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने शम्भु राय र सन्दिप राय छन भने पर्साकै पकहाँमैनपूर गाउँपालिका वडा नम्बर ५ बस्ने पवन यादव रहेका महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले बताउनुभयो ।
शनिबार (हिजो) बिहान मन्दीमा दर्शन गर्न गएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । पछी मेलामा जडान सिसि टिभी क्यामरामा हेर्दा तिनै जनालाई पहिचान गरी पक्राउ गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
हिजो सुनको सिक्री चोरेका उनीहरुमध्ये एकजना आज आईतबार पनि एक दर्शनार्थीको पाईन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरेका थिए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्नको लागी जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाईएको समेत यादवले बताउनुभयो ।
गढीमाई मेला असोज १७ गते घटस्थपनाको दिनदेखि नै औपचारिक रुपमा सुरु भईसकेको र अहिलेसम्म ४ जना दर्शनार्थीहरुको सुनको सिक्री चोरी भएको नगर प्रमुख यादवले बताउनुदै अहिलेसम्म ४ जना चोरलाई समातिएको पनि बताउनुभयो ।
मङ्सिर १ गतेदेखि सुरु हुने मेलामा आउने दर्शनार्थीको सुरक्षाको लागी २० ठाउँमा सिसि टिभी क्यामरा जडान गरिएको र बाकि १० वटा अझै थप्ने काम भईरहेको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताउनुभयो ।







