साजिर मन्सूर 

कलैया,फाल्गुन २३

आउने निर्वाचनमा महिला पहिला भन्दै बाराको सदरमुकाम कलैयामा अनुपम अभियान अन्तरगत अनुपम यात्रा निकालिएको छ । सदरमुकाम कलैया स्थित उपमहानगरपालिका को गेटबाट निस्केको र्याली नगर परिक्रमा गरि भरत चौकमा कोण सभामा परिणत भएको थियो । कलैयाका मेयर बिनोद साह र उप मेयर रौषन प्रविणले संयुक्त रुपमा यो यात्राको शुभारम्भ गरेका हुन । मेयर साहले महिलाहरूको हक अधिकारको संरक्षण हुनुपर्ने बताउदै केवल कागजमा अधिकार सिमित नगर्न सबै सरोकारवालाहरु सङ्ग आग्रह गरेका छन । यस्तै उप मेयर प्रविणले सारा नारी एक भएर यो अभियानलाई सफल बनाउन लाग्नुपर्ने बताईन । उनले अहिले पनि महिला अधिकारलाई केवल भनाईमा सिमित गरिएको भन्दै यस्का लागि महिला सङ्गै सम्पुर्ण पुरुषले समेत साथ दिन आग्रह गरिन ।

कोण सभालाई सम्बोधन गर्दै महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वालले आगामी चुनावमा राजनितीक दलले चुनावी गठबन्धन गरेर महिलालाई बाहिर गर्ने बाताबरण बने हामी सबै दलका नारिहरु मिलेर महिला गठबन्धन गर्छौ भनिन । जयस्वालले यदि दलहरुले महिला अधिकारको लागि निर्णय नगरे सबै महिला एक हुनुको बिकल्प नरहेको बताईन । सबै नेताले प्राय राजनितीक गर्न आफ्नो आसेपासे र झोला भित्रको उम्मेदवार कुनै पनि हालमा स्विकार्य नहुने बताईन । निर्णायक तहमा हाम्रो उपस्थिति छैन कहि कतै अर्थ पुर्ण सहभागिता छैन भन्दै असन्तुष्टि जनाईन ।

पुर्व मन्त्री कलावती पास्वानले आउने निर्वाचनमा महिलाको लागि आरक्षण सिट कायम गर्न माग गरिन । उनले महिलाको सिट आरक्षण नभए महिलालाई यसैगरी केवल कागजमा सिमित बनाईने धारणा राखिन ।

यात्राको अध्यक्षता गरेकी महिला अधिकारकर्मी निभा सिंहले जुनसुकै पार्टी को भएपनी हामी महिलाको सवालमा एक जुट हुनै पर्ने बताएकी छन ।

 

oplus_2

अन्तर-पुस्ता महिलावादी मन्चले (IGFF) वि.सं. २०८० देखि २०८४ सम्मका लागि एक देशब्यापी महिलावादी “अनुपम अभियान” को शुरुवात गरेको छ । यो अनुपम अभियान अन्तर्गत यो दोस्रो वर्षमा, एकजुट हुने प्रकृयामा सबै महिला देशब्यापी यात्राहरु गरिरहेको शरुजोशि श्रेष्ठले बताईन । बसयात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडा भित्र यस्तै यात्राहरु वर्षभरि गर्दै आएको उनले बताईन ।

 

यो ५ वर्षे अनुपम अभियानको मुख्य लक्ष्य भनेको एउटा न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्याउनु हो । यसको लागि कुनै पनि पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्याउने र परमुखी विकासको कूलो फर्काउदै, आत्मसम्मान र आत्मनिर्भता बढाउने, यस अभियानको प्रयास रहेको श्रेष्ठले बिश्वास एफएमलाई जान्कारी गराईन ।

 

यसले महिलावादीहरुको स्वाभिमान र आत्मसम्मान बढ्ने विश्वास लिएको छ । वि.सं. २०८१ (सन् २०२४) अन्तर्गत देशब्यापी नै यात्राहरु विभिन्न माध्यमहरुबाट (पैदल, साइकल, टेम्पो, बस इत्यादी) चलाइने जनाईएको छ । यसरी अनुपम अभियानको चिनारी र IGFF को बल बढाउँदै, बढि भन्दा बढि महिलावादी साथीहरुलाई समेट्ने प्रयास रहेको श्रेष्ठले बताईन ।

यात्रामा जिल्लाका विभिन्न संस्था,जिल्ला प्रहरी कार्यालय बारा लगायतको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर