साजिर मन्सूर
कलैया,फाल्गुन २४
महिला सन्जाल बारा द्वारा महिला अधिकारकर्मीहरुको सम्मान तथा होलि बिशेष कार्यक्रम सदरमुकाम कलैयामा सम्पन्न भएको छ । संरक्षण नेपालले सहयोग गरेको कार्यक्रममा बारामा निरन्तर महिला अधिकारको लागि काम गर्ने महिला अधिकारकर्मी लाई सम्मान गरि होलि विशेष शुभकामना आदानप्रदान समेत गरिएको छ ।
सो अवसरमा बाराका महिला अधिकारकर्मीहरु निभा सिंह,किसमती राम र मन्जु सुबेदिलाई दोसल्ला ओढाएर अबिरले सम्मान गरिएको छ ।
महिला सन्जाल बाराको अध्यक्ष बबिता जयस्वालको अध्यक्षता तथा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व मन्त्री कलावती पास्वान,सम्बिधान सभा सदस्य दिलमाया धामी,सहायक प्रजिअ छबिरमण भट्टराई,प्रहरी उपरीक्षक सन्तोश तामाङ,काङ्ग्रेस नेता लुकेश सिंह,एमाले युवा नेता अनिल कुश्वाहा,नागरिक समाजका हिरालाल यादव सहित उपस्थित सबैले होलिको अवसरमा सबैमा शुभकामना ब्यक्त गरेका छन ।
सरस्वती खरेलले संचालन गरेको कार्यक्रममा स्वागत निभा सिंहले गरेकी थिईन ।







