साजिर मन्सूर
कलैया,चैत १०
नेशनल लघुवित्त वित्तीय संस्था लि.द्वारा बिमा रकम हस्तान्तरण गरिएको छ । नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय मोतिसरले बारा जिल्ला कलैया उम.न.पा. वडा नं.२५ पचायनपुर स्थीत ढोडिया महिला समुहमा बसी
ऋण लिएको सुनीता देवीको मृत्यु भएपछी उनलाई शाखाले बिमा बापतको रकम उनको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।
नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय मोतिसर बाराबाट कर्जा लिंदा म्यादी बिमा गरेकोमा मृत्यु पश्चात हकवाला निजको श्रीमान राजेश राम चमार वैदेशिक रोजगारीको सिलसिलामा कत्तारमा रहेकोले सँस्थाबाट नियमानुसार पाउने विमा वापतको रकम तिर्न बाँकी कर्जा चुक्ता गरि बाँकी हुन आउने रकम निज सुनिता देवीको सहोदर छोरी अञ्जली कुमारीलाई चेक मार्फत हस्तान्तरण गरिएको हो । कुमारी बैंक लि. कलैयाको चेक नं. ३१६६८०८४ बाट रकम रु. २,८६,६५९।८५ अक्षेरेपी दुई लाख छयासी हजार छ सय उनन्साठी र पैसा पचासी मात्र वडा नं.२५ का वडा सदस्य बसन्ती कुमारीको रोहबरमा सन्स्थाको सहायक बिनय कुश्वाहा तथा शाखा प्रमुख रमेश कुमार गुरागाईले हस्तान्तरण गरेका हुन । बिमा बापत आएको कुल रकम ४ लाख ५५ हजार बाट उनको तिर्न बाकी कर्जा कट्टा गरि रकम रु. २,८६,६५९।८५ अक्षेरेपी दुई लाख छयासी हजार छ सय उनन्साठी र पैसा पचासी मात्र चेक मार्फत हस्तान्तरण गरिएको हो ।
वडा अध्यक्ष चंदन पटेल आवस्यक काम परेर मालपोत कार्यालय बारामा जानुपरेका कारण वहाले फोनबाटै आफू यस बिषयमा जानकारि लिएको र पिडितलाई घरमै पुगेर पैसा दिने संस्थाको प्रमुख र सदस्यलाई धन्यवाद दिए ।
वडा सदस्य कुमारिले यो बिमा बापत आएको पैसालाई राम्रो उत्पादन मुखी छेत्रमा लगानी गरेर आय आर्जन गर्न सुझाव दिएकी छन ।
यो शाखामा सदस्य संख्या १९७८ जना रहेकोमा ऋणि सदस्य १३१० जना रहेको शाखा प्रमुख रमेश कुमार गुरागाईले जनाए । उनका अनुसार यो शाखाबाट २४ करोड ३२ लाख ऋण प्रवाह गरिएको छ । खासगरी बिपन्न,पिछडिएका,दलित,मध्यम बर्गका नागरिकलाई आर्थिक रुपमा सबल बनाउन ऋण प्रवाह गर्दै आएको गुरागाईले बताएका छन ।
सो अवसरमा बिमितको ससुरा बुवा रङ्गबहादुर महरा,मिना देबि,शोभा देबि,प्रमिला देबि,बबिता राम,रामलाल राम,छबिराम,बङ्गाली राम लगायतकाको उपस्थिति रहेको थियो ।







