बिश्वास डेस्क 

कलैया, चैत ११

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी १० लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले १० लाखको कोशेढुङ्गा पार गरेको जनाएको छ। सो अवसरमा केन्द्रिय कार्यालय देखि सबै शाखामा केक काटेर खुशियाली मनाईएको कलैया शाखाका प्रबन्धक प्रदिप साहले जनाएका छन । साहले आज कलैया शाखामा पहिलो ग्राहकले केक काटेर खुशियाली साटासाट गरेको जनाएका छन ।

बारामा जिल्लामा मात्र २५ हजार सक्रिय ग्राहक रहेको कलैया शाखाका प्रमुख प्रदिप साहले जनाएका छन ।

३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा २०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको थियो । वर्ल्डलिङ्कले २०८० भदौमा ८ लाख ग्राहक पुर्याएको थियो । देशभर २५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।

देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत बढि वर्ल्डलिङ्कमार्फत जाने गरेको छ । कम्पनीले देशका १५ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको साहले जनाएका छन ।

कलैया शाखामा हाल ४० जना कर्मचारी कार्यरत रहेको शाखाले जनाएको छ । आज केक काटेर उत्साह साटासाट कार्यक्रममा क्षेत्रीय बजार ब्यवस्थापक सोनु साह,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,सेल्स सुपरभाईजर समीर आलम,टेक्निकल सुपरभाइजर भिष्मराज चौधरी,सेल्स टिमका रन्जन यादव,अभिनय यादव,पायल दास,प्रीयन्का गुप्ता,ललिता कार्कि सहित ग्राहकहरुको उपस्थिति रहेको थियो ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर