कलैया । करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ६२ का हरिनारायण राउत बरै रहेकोे प्रहरीले जनाएको छ ।
मकै बारीमा मोटर बाट पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।







