साजिर मन्सूर
कलैया,मङ्सिर २५

विश्व बिख्यात यामाहाको नया शो रुम (एजि मोटर्स) को कलैयामा एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले रिबन काटी पानसमा बति बालेर शो रुमको उदघाटन गरेका हुन ।
उत्कृष्ट प्रविधि, आकर्षक डिजाईन तथा गुणस्तरीय ब्राण्ड यामाहा प्रति ग्राहकहरुको असिम माया र विश्वास रहेकाले नेपालमा यस ब्राण्डको लोकप्रियता निकै बढेको कम्पनीले जनाएको छ ।
एजि मोटर्सका सन्चालक गोपाल अग्रवालले यस ब्राण्डसँग आबद्ध हुन पाएकोमा आफुलाई निकै गर्व र हर्षित महसुस भैरहेको बताए । ग्राहकको माया र यामाहाको ग्राहक प्रतिको प्रतिबद्धतालाई आत्मसाथ गरी सेवा पुऱ्याउने उद्देश्यले नयाँ यामाहा शोरुम तथा वर्कशप कलैया, बारामा पुनः पूर्णरुपमा सन्चालन गरीएको अर्का सन्चालक अरेन्द्र यादवले जनाए । ग्राहकहरु सामु प्रत्यक्षरुपमा विश्वस्तरीय यामाहा ब्रान्डको सेवा र सुबिधा ल्याएकोले सबै लाई सन्तुष्टि प्रदान गर्ने आफुहरुको लक्ष्य रहेको सन्चालक यादवले जनाएका छन । ग्राहकहरुको चाहना बमोजिम सहज, सरल तथा गुणस्तरीय सेवा लाई मध्यनजर गर्दै गुणस्तरिय सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा समेत प्रदान गरिएको यादवले बताएका छन ।

एम ए ड्ब्लु का एजिएम हरि दहालले मोरङ अटो वर्कस सन् १९६४ मा नेपालको अटोमोबाइल उद्योगका अग्रगामी तथा दूरदर्शी स्वर्गीय प्रल्हाद राय अग्रवालले सुरु गर्नुभएको जानकारी गराए । विराटनगरमा एउटा अटोमोबाइल वर्कशपबाट सुरु भएको सानो व्यबसाय आज विभिन्न क्षेत्रका ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ग्रान्डहरूको विशाल समूहमा परिणत भएको दहालले जानकारी गराए । ग्राहकहरुको सन्तुष्टिलाई पहिलो प्रथामिकता राखेर यस कम्पनिले गुणस्तरीय उत्पादनहरू आम बजारमा वर्षौंदेखि उपलब्ध गराउदै आएको जनाउदै दहालले नया बर्षबाट ईलेक्ट्रीक बाईक लन्च हुने बताए । MAW समूह आफ्नो मातहतमा रहेको स्टकहोल्डर, डिलर र अन्य सहयोगीहरू बीच उत्कृष्ट व्यापार अभ्यासको लागि पनि नेपाली अटोमोवाइल क्षेत्रमा परिचित भएको दहालले बताए ।
दहालले समाज सुधार तथा सामाजिक उत्तरदाइत्व बहन गर्दै यस कम्पनीले सडक सुरक्षा सुधार गर्न विभिन्न तालिमका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको बताए । आफ्नो व्यक्तिगत व्यवसायको बुद्धिमा ध्यान केन्द्रित गर्नुका साथै, कम्पनीले समुदाय र राष्ट्रिय आर्थिक वृद्धिमा पनि जोड दिदै आएको छ। झण्डै ८०० कर्मचारीहरू प्रतक्ष्यरुपमा यस कम्पनि सँग आबद्द रहेका छन् । कार्य प्रतिको मर्यदा, सकरात्मकता, स्वभिमान तथा परिश्रम र लगनशीलतानै यस कम्पनिका कर्मचारीहरुको मुख्य आदर्श रहेको छ ।

हाल सम्ममा यस कम्पनिले आम ग्राहक माझ यामाहा, जीप, स्कोडा, फिएट, जेसीबी, एयरक्राफ्ट इंडस्ट्रीज, बास एण्ड ट्रेवल, एस्कर्ट्स, एमएडब्लु इन्जिनियरिङ, एमएडब्लु इन्भेष्टमेन्ट लगाएतका सेवा सविधा प्रदान गरिरहेको दहालले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर