साजिर मन्सूर
कलैया,मङ्सिर २८

महागढिमाई नगरपालिका को वडा नम्बर ५ कवही जब्दिमा रहेको पुरानो खानेपानी टन्कीको मर्मत सम्भार र ब्यवस्थापन गरेर उदघाटन गरिएको छ । मेयर उपेन्द्र प्रसाद यादवले आज एक कार्यक्रमका बिच सो टंकीको उदघाटन गरेपछि सन्चालनमा आएको हो ।
उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेका मेयर यादवले नगरको सबै नागरिक लाई सहज र सुलभ रुपमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य अनुरुप सबै तिर खानेपानी को लागि कार्य गरिएरहेको बताए ।
खानेपानी टंकी सन्चालनमा आएपछि सो वडाका करिब ४ हजार जनताले प्रत्यक्ष रुपमा लाभान्वित भएको वडा अध्यक्ष गजेन्द्र प्रसाद जयस्वालले बिश्वास एफएम लाई जानकारी गराएका छन । उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश चौधरीले सो टंकी बाट स्वच्छ खानेपानी उपलब्ध गराउने मेयरको चाहना अनुसार कार्य गरिएको बताएका छन । सो अवसरमा स्थानिय जनताहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर