साजिर मन्सूर
कलैया,पुष १३
लोपोन्मुख थवैइ जाती तथा अति बिपन्न परिवारका लागि कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा ३४ वटा आवास निर्माण गरिएको छ । हाउसिङ्ग द पुवर इन कलैया फेज अन्तरगत बनेको सो आवासको आज समाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको छ ।
आवास बनाउन १ करोड ३७ लाख २० हजार लागत लागेको कार्यक्रम सम्योजक अब्दुल कैशले जानकारी गराए ।
मेयर बिनोद साहले सम्बोधन गर्दै लोपोन्मुख जातिको लागि आवास निर्माण गरेकोमा लुमन्तिलाई धन्यवाद दिदै आउने दिनमा बाकी रहेकाहरुका लागि पनि यस्तै आवास निर्माण गराउने बताए । कोहि कसैलाई आवास बिना नराखिने योजना अनुरुप कार्य अगाडी बढाईने मेयर साहले बताए ।
नेपालको विभिन्न जिल्लामा गरि जम्मा ३ हजार १ सय ८२ थवैइ रहेको कुश्वाडिया उत्थान संघका अध्यक्ष राजु कुश्वाडियाले जनाए । कुश्वाडियाका अनुसार यो लोपोन्मुख जाती भित्र पथरकट,सिलकट,थवैइ,कुछबन्धिया,कुश्बन्धिया,जातावाला,सन्तराज पर्ने गर्छन ।
कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साहले यी समिदायका लागि खानेपानी,शिक्षाको लागि यथाशीघ्र ब्यवस्थापन गर्न जरुरी रहेको र यसलाई पूरा गर्ने बताउदै सुभकामना दिए ।
अध्यक्षता सुनिल थवैइ प्रमुख अतिथि नगर प्रमुख बिनोद साह,उप मेयर रौषन प्रविण,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा अध्यक्षहरु किशुन राउत,शैफुल्लाह अन्सारी,रन्जित चौरसिया,लुमन्तिको आवास सम्योजक लुमन्त्ती जोशी,लुमन्तिका सुचना तथा अभिलेख अधिकृत अनन्त बज्राचार्य,बसुन्धरा महर्जन,कुश्वाडिया उत्थान संघका केन्द्रिय अध्यक्ष राजु कुश्वाडिया,सुरेश मोदक,राउटे उत्थान प्रतिस्ठानका अध्यक्ष सत्य देबि अधिकारी,लुमन्तिका कार्यक्रम सम्योजक अब्दुल कैश,घरभरनी मन्डल,पत्रकार साजिर मन्सूर लुमन्तिको ईन्जिनियर बिबेक तिवारी सहितकाको उपस्थिति रहेको थियो ।
सन्चालन अनिल मन्डल र स्वागत सुर्य पास्वानले गरेका थिए ।