साजिर मन्सूर
कलैया,पुष १३

कलैया उपमहानगरपालिका वडा न.६ को आयोजनामा यहि माघ १० गते देखि १९ गते सम्म स्टुडेन्ट अफ द ईयर को दोश्रो संस्करण आयोजना हुने भएको छ । वडा कार्यालयमा पत्रकार सममेलन गरि वडा अध्यक्ष रामविश्वास ठाकुर लोहारले जानकारी गराएका छन ।
जिनियस इन्टरटेनमेन्ट एण्ड इभेन्ट मेनेजमेन्टको सन्योजनमा प्रतियोगितामा दौड प्रतियोगिता, चित्रकला प्रतियोगता, हाजिरी जवाफ प्रतियोगिता र क्रिकेट प्रतियोगिताको आयोजना हुने वडा अध्यक्ष लोहारले जानकारी गराएका छन ।
खेलमा मधेश प्रदेशमा भएका जुनसुकै सरकारी र निजि विधालयहरुले सहभागीता जनाउन सक्ने लोहारले जानकारी गराएका छन ।
लोहारले प्रतियोगितामा सहभागिता जनाएर कलैया सङ्गै मधेश प्रदेशकै प्रतिभालाई उजागर तथा अगाडी बढाउन सहयोग गरि दिनु हुन अनरोध गरेका छन । प्रतियोगिताहरु कलैया स्थित श्री सिद्धेश्वर संस्कृत मा.बिको खेलमैदानमा आयोजना गरिने
प्रतियोगिता व्यवस्थापन गरिरहेको जिनियस इन्टरटेनमेन्ट एण्ड इभेन्टमेनेजमेन्टल प्रा. ली.का अध्यक्ष अन्कुश ब्याहुतले जानकारी गराएका छन । प्रतियोगिता सम्पन्न गराउन करिब साढे पाच लाख लागत लाग्ने आयोजकले जानकारी गराएको छ ।
बिजेता बिधालयले नगद सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार