साजिर मन्सूर
कलैया,पुष २४
बाराको अग्रणी गैर सरकारी संस्था जनजागरण युवा क्लबले आफ्नो २६ औ बर्षगाठ धुमधामको साथ मनाएको छ । आफ्नो एतिहासिक स्थापना दिवसको अवसरमा संस्था ले बाराको सदरमुकाम कलैयाको भरत चौकमा आज बृहत रक्तदान कार्यक्रम तथा निशुल्क आँखा शिबिर सन्चालन गरेको छ । २६ बर्ष पुगेको अवसरमा संस्थाले ठूलो केक काटेर पनि हर्षोल्लासका साथ बार्षिकोत्सव मनाएको हो ।
बृहत रक्तदान कार्यक्रममा ९ जना महिला र ७१ जना पुरुष गरि जम्मा ८० जनाले रक्तदान गरेको संस्था को कार्यकारी निर्देशक श्रीनिवास बैठाले जानकारी गराएका छन ।
संस्थाका अध्यक्ष एवम नेपाली काङ्ग्रेस बाराका सचिव युवा नेता भैयाराम यादवको अध्यक्षता एवम बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रमको उदघाटन भएको हो ।
प्रमुख अतिथि प्रजिअ सापकोटाले समाजमा यस्ता मानविय कार्य गर्नुपर्ने बताएका छन । सापकोटाले जनजागरणले गरेको कार्यको प्रसंशा गर्दै गरिब निमुखा को लागि निशुल्क आँखा जाच जस्तै अझै यस्तो कार्य गर्न आग्रह गरे ।
अध्यक्ष यादवले संस्थाले २६ बर्षे आफ्नो जिवनमा अनेक खालका समाजिक कार्य गरेको बताएका छन । मानवताको लागि रक्तदान सब भन्दा उतम कार्य मध्ये भएकोले यो एतिहासिक समयमा यो कार्यक्रम गरिएको बताउदै यस्तो समाजिक कार्य हरदम गर्दै जाने बताएका छन ।
अध्यक्ष यादवले संस्थाको मुख्य उदेश्य नै अधिकारको प्रयोग, कर्तव्यको भावना, आपसी सम्मान र पारस्परिक सहअस्तित्वको माध्यमबाट सबै नागरिकलाई न्यायपूर्ण, शान्तिपूर्ण, समृद्ध र सम्मानजनक जीवन यापनको बाताबरण निर्माण गर्नु रहेको बताए । अध्यक्ष यादवले आज सम्मको यात्रा तय गर्नमा सहयोग पुर्याएको ज्ञात अज्ञात सबैमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सबैको सहयोग र माया स्नेहको लागि आग्रह गरेका छन ।
अध्यक्ष यादवले शान्ति, समृद्ध र न्यायपूर्ण नेपालका पक्षमा सरोकारवाला र कर्तव्य वाहकहरूलाई अधिकारकर्मीमा स्रोत, सीप र सूचना हस्तान्तरण मार्फत समाजको विकास र वृद्धि जनजागरणको चाहना भएको बताए ।
सो अवसरमा जनजागरण युथ क्लब (JJYC) का सचिव प्रीयन्का दासले यो संस्था प्रदेश १ को मोरङ लगायत मधेस का सबै जिल्ला (पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिराहा, सप्तरी र महोत्तरी) मा कार्यरत राष्ट्रिय स्तरको गैरसरकारी, गैरनाफामूलक, स्वतन्त्र संस्था रहेको जानकारी गराईन । सचिव दासले यो जेजेवाईसी मधेस र मधेसीको पहिलो रोजाई भएर अगाडी बढ्ने योजना अनुरुप का कार्यक्रम का साथ अगाडि बढिरहेको बताईन ।
तराई/मधेश समुदायमा परिवर्तन ल्याउने जोशले प्रेरित तत्कालिन तेलकुवा गाविसका युवाहरूको एउटा समूहले सन् १९९८ मा गठन भएको जेजेवाईसीले दिगो जीविकोपार्जन, उद्यमशीलता र गरिबी निवारण, स्वास्थ्य खानेपानी सरसफाइमा काम गर्दै आएको संस्थाका कोषाध्यक्ष सियाराम प्रसाद यादवले जनाए ।
स्वच्छता, शान्ति प्रजातन्त्र र सुशासन, शिक्षा, महिला सशक्तिकरण र वकालत, विपद् जोखिम न्यूनीकरण र मानवीय सहयोग लिङ्ग र सामाजिक समावेशीकरण, जलवायु परिवर्तन ग्रहण, युवा सशक्तिकरण र सुरक्षित बसाई क्रस कटिङ मुद्दाहरू सहित प्रमुख रणनीतिक विषयको रूपमा, केही सूचीबद्ध गर्न तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक सहयोगमा सामाजिक रूपमा वञ्चित र सीमान्तकृत समुदायहरूको दिगो सामाजिक-आर्थिक सशक्तिकरण र विकास हासिल गर्न संस्था निरन्तर अगाडी बढिरहेको संस्थाका उपाध्यक्ष राजदेव साहले जनाएका छन ।
कार्यक्रममा किरण आँखा अस्पताल बिरगंजले प्राबिधिक सहयोग गरेको हो ।
आँखा शिबिरमा २१५ जना को चेक जाँच गरिएको किरण आँखा अस्पतालको फिल्ड म्यानेर आरती चौधले जनाईन । जस मध्ये ३७ जना मा मोतिया बिन्दुको समस्या देखिएको र ७ हजार पर्ने उनिहरुको अपरेशन केवल ३ हजारमा गरिने चौधरीले जानकारी गराएकी छन । उक्त अवसरमा बिरामिको ओपिडी जाच गरि औषधि समेत बितरन गरिएको उनले बताईन ।
सो अवसरमा ८७ जनाको रगतको समूह परिक्षण र मधुमेह परिक्षण ८७ जनाको भएको छ ।
रक्तदानका लागि रक्त सन्चार केंद्र बिरगंजको टोलि आएको थियो ।