साजिर मन्सूर
कलैया,माघ ४

बारा जिल्ला सहित मधेशमा अहिले अत्यन्तै जाडो मौसम चलिरहेको छ ।
अत्यधिक शितलहरका कारण यहाका जनजिवन प्रभावित भएका बेला सिमान्तकृत ५० परिवारहरु लाई समाजिक कार्यमा अगाडी रहेको टेवा धापाखेल ललितपुरले न्यानो राहत दिन फाईबरका ब्लान्केट वितरण गरेको छ । फेटा गाउपालिकामा रहेका अति बिपन्न,असहाय,गरिब,एकल महिला,अपांग ,ज्येष्ठ नागरिक,सिमान्तकृतहरुलाई सो राहत बितरण गरिएको ग्रामीण उत्थान अभियानका अध्यक्ष मुकदम अन्सारीले जानकारी गराएका छन । अध्यक्ष अन्सारीले टेवा संस्थाले हरेक बर्ष बाराका विभिन्न स्थानिय तहका सिमान्तकृतहरुलाई विभिन्न बिपदका समय सहयोग गर्दै आएको बताएका छन । अन्सारीले टेवाले उपलब्ध गराउने राहत ग्रामीण उत्थान अभियानले बितरणमा सहजीकरण गर्दै आएको बताए ।

ग्रामीण उत्थान अभियानका अध्यक्ष मुकदम अन्सारीको अध्यक्षता एवम फेटा गाउपालिका अध्यक्ष रुस्तम अंसारीको प्रमुख आतिथ्यमा भएको राहत बितरण कार्यक्रममा बिशिस्ट अतिथी गाउपालिका उपाध्यक्ष निलम साह,प्रमुख प्रशासकीय अधिकृत कमलेश मिश्रा,वडा अध्यक्षहरु स्थानिय समाजसेवी
संस्थाका प्रतिनिधिहरु मोमताज अंसारी,लिला चौधरी,गिता चौधरी,किरण कुमारी राम,रेणु अधिकारी,रुपावली कुमारी राम,निमा कुमारी राम,पुनम कुमारी राम,रिन्कु कुमारी सहनी
लगायतकाको उपस्थितिका बिच राहत बितरण गरिएको हो ।
राहत बितरण गर्दै गाउपालिका अध्यक्ष अन्सारीले टेवा संस्थाले गर्दै आएको मानविय कार्यको मुक्त कण्ठ ले प्रसंशा गरेका छन । टेवाले दिने गरेको राहत एकदमै गुणस्तरीय र राम्रो भएको भन्दै आफुले पनि ब्लान्केट बितरण गर्दा टेवाले उपलब्ध गराएको जस्तै बितरण गर्ने बताए । टेवाले फेटा गाउपालिकालाई आफ्नो गाउँ घर जस्तै सम्झेर यहाको अन्य काममा हातेमालो गरेर अगाडि बढ्न आफुहरु आतुर भएको बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार