साजिर मन्सूर
कलैया,माघ ६
बारा जिल्ला सहित मधेशमा अहिले अत्यन्तै शितलहर बढ्दै गएको छ । अत्यधिक शितलहरका कारण यहाका जनजिवन प्रभावित भएका बेला कलैया उपमहानगरपालिकाका सिमान्तकृत १ सय घरपरिवारहरु लाई समाजिक कार्यमा अगाडी रहेको टेवा धापाखेल ललितपुरले न्यानो राहत स्वरुप फाईबरको ब्लान्केट वितरण गरेको छ । कलैया उपमहानगरपालिकाको वडा नम्बर ४,११,२३ र २७ मा रहेका अति बिपन्न,असहाय,गरिब,एकल महिला,अपांग ,ज्येष्ठ नागरिक,सिमान्तकृतहरुलाई सो राहत बितरण गरिएको ग्रामीण उत्थान अभियानका अध्यक्ष मुकदम अन्सारीले जानकारी गराएका छन । अध्यक्ष अन्सारीले टेवा संस्थाले हरेक बर्ष बाराका विभिन्न स्थानिय तहका सिमान्तकृतहरुलाई विभिन्न बिपदका समय सहयोग गर्दै आएको बताएका छन । अन्सारीले टेवाले उपलब्ध गराउने राहत ग्रामीण उत्थान अभियानले बितरणमा सहजीकरण गर्दै आएको बताए । अन्सारीले हामी दातृ निकायमा मात्र भर नपर्न हामी आफैमा बिपदका बेलाका लागि जोहो गर्नु पर्ने बताए । अन्सारीले पिडितहरु ब्लान्केट पाईसकेपछि हिजोको राती भन्दा आज को राती न्यानो महसुस गर्नुहुनेमा बिश्वस्त रहेको बताए । स्थानिय तहका जनप्रतिनिधिको जिम्मेवारी आज पनी दातृ निकायले पूरा गरिरहेको अन्सारीले बताए । सबैले गरिब असहायका लागि भन्दै स्वेच्छिक चंदा संकलन गरेर राख्नुपर्ने अध्यक्ष अन्सारीले बताए ।
ब्लान्केट बितरण गर्दै प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख समेत रहेका बिनोद साहले टेवा संस्थालाई धन्यवाद दिए । मेयर साहले शितलहरले प्रभावितका लागि उपलब्ध गराईएको यस्तो राहत बाट आफू अत्यन्तै प्रभावित भएको बताएका छन । टेवाले विभिन्न समयमा बिपदमा अत्यन्तै सहयोग गर्दै आएको आफुले देखेको र यस्ता मानविय कार्यमा सबैले आ आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने बताए । मेयर साहले संस्था सङ्ग मिलेर अझै यस्ता मानविय कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कलैया ४ का पुर्व वडा अध्यक्ष जट्टाशन्कर सहनिले ब्लान्केट बितरण कार्यक्रम एकदम सराहनीय कार्य रहेको भन्दै संस्थालाई धन्यवाद दिए । गरिब असहायलाई यस्तो शितलहरका बेला ब्लान्केट दिएर ठूलो मानविय कार्य गर्ने साझेदार सन्स्थालाई समेत पुर्व वडा अध्यक्ष एवम काङ्ग्रेस नेता सहनिले प्रसंशा गरे ।
ग्रामीण उत्थान अभियानका अध्यक्ष मुकदम अन्सारीको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा बिशिस्ट अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव,वडा नम्बर २३ का अध्यक्ष अमिन अन्सारी,वडा नम्बर २७ का वडा अध्यक्ष अशोक तिवारी,वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुश्वाहा,कलैया ४ का पुर्व वडा अध्यक्ष जट्टाशन्कर सहनी,काङ्ग्रेस नेता खालिद अन्सारी,स्थानिय समाजसेवी
संस्थाका प्रतिनिधिहरु मोमताज अंसारी,लिला चौधरी,गिता चौधरी,किरण कुमारी राम,रेणु अधिकारी,रुपावली कुमारी राम,निमा कुमारी राम,पुनम कुमारी राम,रिन्कु कुमारी सहनी
लगायतकाको उपस्थितिका बिच राहत बितरण गरिएको हो ।
सोहि अवसरमा आयोजक संस्था ग्रामीण उत्थान अभियान संस्थाले आएका सबै नागरिकको लागि निशुल्क आखा चेक जाच गराएर निशुल्क औषधि समेत बितरण गराएको थियो । किरण आँखा अस्पताल बिरगंजको समन्वयमा सो शिबिर सम्पन्न भएको अस्पतालकि फिल्ड ईन्चार्ज आरती चौधरीले जनाईन । आँखा शिबिरमा किरण आँखा अस्पतालको चौधरी सहित सम्झना चौधरी,निक्की चौधरी,हेमन्त यादव उपस्थित थिए । शिबिरमा ५५ जनाको आँखा चेकजाँच गरिएको जसमध्ये ५ जनामा मोतिया बिन्दुको समस्या देखिएको अस्पताल कि चौधरीले जानकारी गराईन । समस्या हुनेको अस्पतालमा चेक गरि न्युनतम शुल्कमा अप्रेसन गरिने उनले जनाईन ।







