साजिर मन्सूर
कलैया,माघ २८
कलैया उपमहानगरपालिकामा नगर स्तरिय रास्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०८० को उदघाटन गरिएको छ् । श्री ३ चन्द्र माबीको प्राङ्गणमा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह द्वारा प्रतियोगिताको उदघाटन गरिएको छ । उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेका मेयर साहले यस प्रतियोगिताले कलैयाको खेलकुद बिकासमा टेवा पुग्ने र भबिस्यमा कलैयाका लागि आवस्यक खेलाडी पहिचान गरि आवस्यक लगानी गर्न सहज हुने बताएका छ्न ।
प्रतियोगितामा नगर भरिका सरकारी तथा गैरसरकारी बिधालय गरि कुल १६ वटा माबिका बिद्यार्थी खेलाडीहरुको सहभागीता रहेको आयोजक बिधालयका शिक्षक आशमहमद मन्सूरले जनाए ।
प्रतियोगितामा कबड्डि,एथलेटिक्स,कराते,ताईकान्डो महिला पुरुष को प्रतियोगिता सन्चालन गराईने आयोजकले जानकारी गराएको छ ।
बिजेता खेलाडीहरुलाई ट्रफी मेडल र प्रमाणपत्र बितरण गरिने आयोजक बिधालयका शिक्षक रितेश बहादुर गुरुङ्गले जानकारी गराएका छन । गुरुङ्गले श्री ३ चन्द्र माबीको प्राङ्गणमा उदघाटन भएको खेलको समापन समारोह भोलि २ बजे श्री नेरा माबी मदर्शामा हुने बताएका छन ।

आयोजक श्री नेरा माबी मदर्शा को बिधालय ब्यवस्थापन समिती अध्यक्ष एवम नगर शिक्षा समिती सदस्य महमद सगिरको अध्यक्षमा शुरु भएको उदघाटन कार्यक्रममा कलैया उप महानगरपालिकाका उप मेयर रौशन प्रविण,नगर खेलकुद बिकास समिती सम्योजक एम सम्युल्लाह,वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,प्रहरी बरिस्ठ नायब निरीक्षक मोह्स्न बहादुर कटुवाल,श्री ३ चन्द्र मा बि का अध्यक्ष हरिॐ सोनार,समाजसेवी निरन्जन अग्रबाल,कलैया बाताबरण शाखा प्रमुख अनिल पान्डे,सामुदायिक प्रहरी सेवा केन्द्र का सचिव जङ्ग्बहादुर यादव,कबड्डि का बारा अध्यक्ष फुलमहमद मन्सूर,विभिन्न बिधालयका प्रधानाध्यापकहरु,खेलकुद प्रेमी,शिक्षा प्रेमी,प्रशिक्षक लगायतकाको उपस्थिति रहेको थियो ।
प्रतियोगिता लाई अझ राम्रो भब्यताका साथ सम्पन्न गराउन कम्तीमा १५ दिनको समय पुर्व तयारीका लागि दिइनुपर्ने स्वागत मन्तव्य दिदै आयोजक बिधालयका प्रधानाध्यापक मनोज कुमार साहले भने । साहले उप महानगरपालिका को सम्पुर्ण माबी लाई सहभागी गराउने र राम्रो सङ्ग ब्यवस्थापन गराउन बजेट को पनि ब्यवस्थापन गर्न सकिए अझ प्रभावकारी हुने बताएका छ्स्न ।
श्री नेरा माबिका शिक्षक प्रदिप कुमार ठाकुरले सन्चालन गरेको कार्यक्रममा स्वागत आयोजक सोही बिधालयका प्रधानाध्यापक मनोज कुमार साहले गरेका थिए ।







