साजिर मन्सूर
कलैया,माघ २९
श्री गढिमाई महेन्द्र नमुना प्राबिधिक बिधालयका संस्थापक एवम पुर्व गाबिस अध्यक्ष बिश्वनाथ साह कानु हामी माझ रहेनन । ८५ बर्षको उमेरमा कानुले आज महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित आफ्नो निवासमा अन्तिम सास लिएका हुन । कानुले शिक्षाको छेत्रमा उल्लेखनीय योगदान पुर्याउदै बिधालय नखुलेका बेला आफ्नै घरमा कम्तिमा २ बर्ष सम्म बिधालय चलाउन लगाएर आफै घर घरमा पुगि बालबालिकालाई बोलाएर पढ्न लगाउने गरेको महागढिमाई नगरपालिका वडा नम्बर १ का अध्यक्ष मनोज गुप्ताले जनाए । वडा अध्यक्ष गुप्ताले वहाँ जस्ता निस्वार्थ एवम समाजसेवीका कारण यस छेत्रमा शिक्षाको दियो बलेको उल्लेख गर्दै वहालाई कहिल्यै पनि बिर्सन नसकिने बताएका छन । 
यता श्री गढिमाई महेन्द्र नमुना प्राबिधिक बिधालयका अध्यक्ष उपेन्द्र प्रसाद गुप्ताले स्वर्गीय कानुको योगदानलाई बिधालयले कहिल्यै बिर्सन नसक्ने बताउदै श्रद्धाञ्जली दिए । गुप्ताले स्वर्गीय कानुले नै गढिमाई मन्दिर अगाडि रहेको खानेपानी टन्किका लागी समेत आफैले जग्गा उपलब्ध गराएको जानकारी गराए । कानु जस्ता महान दानी समाजसेविको मृत्युले यो छेत्रले एक असल अभिभावक तथा मार्ग दर्शक गुमाएको गुप्ताले बताएका छन ।
महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले आफ्नो नगरमा यस्ता दानबिर हरुको जन्म भएको र वहाहरुले देखाएको असल बाटोमा समाजलाई निस्वार्थ सेवा गर्ने प्रेरणा मिलेको बताउदै कानुप्रती श्रद्धाञ्जली ब्यक्त गरेका छन । मेयर यादवले कानुको निधनले काङ्ग्रेसलाई ठूलो छती पुगेको बताए ।
स्वर्गीय कानुको २ छोरा र ३ छोरी रहेका छन ।







