साजिर मन्सूर
कलैया,फाल्गुन १०

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोग सिंहदरबार ,काठमाडौले प्रदेश सरकार र स्थानीय तहको कार्यसम्पादन मुल्यांकन बापत प्राप्त गरेको अकं सम्बन्धि मिति २०८०/११/०८ मा प्रकाशित बिवरण अनुसार देश भरिका ११ वटा उपमहानगरपालिकाहरू मध्ये बाराको कलैया उपमहानगरपालिका प्रथम स्थान हासिल गरेको छ । कलैयाले ४०.९३ अंक प्राप्त गरि पहिलो र हेटौंडा उपमहानगरपालिका ३७.११ दोस्रो त्यस्तै धरान उपमहानगरपालिका ३५.५६ तेस्रो अंक ल्याएको हो । यस्तै ईटहरी २२.०७,धरान ३५.५६,जनकपुर २१,जितपुर सिमरा २३,बुटवल ३५.४१,तुलसिपुर ३४.३९,घोराही ३०.९०,नेपालगन्ज २३.६४ र धनगढी ३४.७३ अन्क प्राप्त गरेका छन ।
यसरीकार्य सम्पादन मुल्यांकन मा नेपाल मै पहिलो भएकोमा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले खुशी ब्यक्त गर्दै सम्पुर्ण कर्मचारी जनप्रतिनिधि एवम नगरबासिलाई धन्यवाद दिएका छन । मेयर साहले प्रमुख प्रशासकिय अधिकृत नाथु साहको अनुभव र कार्यछमता ले सारा कर्मचारीको प्रयासले यो नतिजा हासिल गर्न सकिएको बताएका छन ।
उप मेयर रौशन प्रविनले समेत यो उपलब्धिका लागि सबैलाई बधाई दिएकी छन ।
यता प्रमुख प्रशासकिय अधिकृत सङ्ग प्रथम स्थान पाउँदा कलैयालाई के फाईदा हुने सन्दर्भमा साहले संघले उपलब्ध गराउने बजेटमा अन्य उपमहानगरपालिका भन्दा कलैयालाई केही बढी बजेट प्राप्त हुने बताए । साहले समेत यो उपलब्धिका लागि उपमहानगरपालिका परिवारका सबै महाशाखा र शाखा परिवारलाई हार्दिक धन्यवाद दिदै अझ यो भन्दा बढी राम्रो गर्न आतुर हुन निर्देशन दिएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर