साजिर मन्सूर
कलैया,बैशाख १
नयाँ वर्षको अवसर पारेर होटेल करण राज प्यालेस ले आफ्ना सेवाग्राहीका लागि सुविधा सम्पन्न स्विमिङ्ग पुल सञ्चालनमा ल्याएको छ। होटल परिसरमा आयोजित एक विशेष समारोहका बीच उक्त स्विमिङ्ग पुलको संचालक मनिलाल सोनारका बुवा ८० बर्षिय करण साह सोनारले रिवन काटेर औपचारिक उद्घाटन गरेका छन ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले आधुनिक सुविधा सहितको स्विमिङ्ग पुलले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।
होटल व्यवस्थापनका अनुसार नयाँ निर्माण गरिएको स्विमिङ्ग पुल आधुनिक प्रविधियुक्त, सुरक्षित र पारिवारिक वातावरणमैत्री रहेको छ। बालबालिका तथा वयस्कका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको यस पुलले मनोरञ्जनसँगै स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
होटलका सञ्चालक सोनारले नयाँ वर्षको उपहारस्वरूप यस्तो सुविधा ल्याइएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए। साथै, होटलले विशेष छुट तथा प्याकेजहरू समेत सार्वजनिक गर्ने जानकारी दिइयो।
स्थानीय स्तरमा यस किसिमको पूर्वाधार विकासले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। नयाँ वर्षसँगै सुरु गरिएको यो सेवा क्षेत्रकै लागि महत्वपूर्ण कोशेलीको रूपमा लिइएको छ। स्विमिङ्ग पुलमा नुहाउन रुचाउनेको अत्यधिक उपस्थितिले सन्चालक हौसिएका छन ।
होटेलले बिगत ५ बर्षदेखी सहज र सस्तो रुपमा सेवा दिदै आएको छ । बिशेश गरि बिवाह पार्टी फङसन,व्रत बन्ध,ईङेजमेन्ट,रिसेप्सन पार्टी,राजनितीक दलको कार्यक्रम वा एनजीओ आई एनजिओ को कार्यक्रम,तालिमका लागि पर्याप्त हल को सुबिधा रहेको प्यालेस चर्चित हुँदै गएको छ ।







